मन्त्री लेखराज भट्टले प्रस्तुत गरेको स्टाण्डर्ड नाप र तौल विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो ।
यसअघि उक्त विधेयकमाथिको छलफलमा सहभागी सांसद कोमल वली, ठगेन्द्रप्रकाश पुरी र अनिता देवकोटाले, रामनारायण बिंडारीलगायतले विधेयकका कतिपय पुराना प्रावधानलाई समयसापेक्ष बनाइपनुपर्ने तथा जरिवानाका विषयलाई वैज्ञानिक एवम् वस्तुनिष्ठ बनाइनुपर्ने बताए ।
सांसदको जिज्ञासामा उद्योगमन्त्री भट्टले प्रस्तुत विधेयक समयसापेक्ष तथा व्यावहारिक रहेकाले कार्यान्वयनका क्रममा कुनै कमजोरी देखिए सच्याएर जान सकिने धारणा राखे ।
यस्तै बैठकमा ‘बिरुवा संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले उक्त प्रतिवेदन पेश गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते बिहान ११ बजे बस्नेछ ।
२०७७ जेठ २३ गते शुक्रवार १३:०० बजे प्रकाशित























