"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आजबाट मौसम सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार आज बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती पनि देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

२०७६ फागुन १५ गते बिहीवार ०९:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु