"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

युरो किड्स भक्तपुरमा कराते खेलको सुरुवात

भक्तपुर । बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानको स‌गसगै अन्य क्रियामा पनि अब्बल बनाउन पर्छ भन्ने उद्देश्यका साथ युरो किड्स भक्तपुरले सिनियर कक्षा देखि नै कराते खेलको सुरुवात गराएको छ ।
लामो समय देखि कराते सिकी रहेका विद्यार्थीहरुलाई एक विशेष कार्यकमको आयोजना गरि सम्मान गरिएको थियो । उक्त कार्यकममा सबै विद्यार्थीहरुको पेटी परिक्षा लिइ सफल हुनेहरुलाई पहेलो पेटी, प्रमाणपत्र र टोपी प्रधान गरियो ।


कार्यकमका प्रमुख अथीति मदन भण्डारी खेलकुद एकेडेमी का महासचिव बचन देउजाले विद्यालयहरुले पढाउने मात्र भन्दा पनि विभिन्न शैलिका खेलकुद देखि अन्य क्रियाकलाप पनि गराउन पर्ने आवश्यकता रहेको बताउनु भयो । यस्ता खेलकुदका कार्यक्रमहरुले बालबालिकाको मस्तिष्क देखि शारीरिक वृद्धिमा ठुलो सहयोग गर्ने बताउनु भयो ।


कार्यकममा उपस्थीत अतीथि जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले साना साना बालबालिका देखि नै उनिहरुमा खेलकुदको बारेमा पढाउने र सिकाउने गराउदा उनीहरुले खेलको बारेमा बुझ्दै जान्छन र भोलिका खेलाडी हुने हुदा एस किसिम को क्रियाकलाव निरन्तरता दिनुपर्ने कुरा बताए ।


उक्त कार्यकमलाई सफल पार्न सहयोग गर्नुहुने २ जना जर्मनी नागरिक हरुलाई समेत सम्मान गरिएको थियो । विद्यालय कि प्रिन्सिपल सम्झना गिरिका स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम युरोकिट्स भक्तपुरका अध्यक्ष नबराज काफ्ले समापन गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यकमको साथै कराते तथा बक्सिङ्ग खेल बाट मनोरंजन गराएका थिए ।

२०७६ फागुन ११ गते आइतवार १४:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु