आजदेखि सोमबारसम्म मौसम सफा रहने, केहि भागमा बर्षाकाे सम्भावना
काठमाडौं । आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि छन् । मौसम पुर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ ।
अहिले कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविदले जानकारी दिएका छन्
बेलुकाको समयमा मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
२०७६ पुस २५ गते शुक्रवार १२:०६ बजे प्रकाशित