"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोनाबाट ६५० पत्रकार संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं, कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाटै पत्रकारिता गर्ने उपत्यका प्रदेश प्रदेश, प्रतिष्ठान र एशोसिएटमा संलग्न ११७ जना पत्रकार संक्रमित भएका हुन् ।

महासंघका अनुसार हालसम्म प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा ३० जना र कर्णाली प्रदेशमा ३० जना तथा उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा ११ जना संक्रमित भएका हुन् ।

संक्रमति पत्रकारमध्ये ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ ।

२०७८ वैशाख २७ गते सोमवार ११:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु