"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मकवानपुरमा शुक्रबार ६१ जना कोरोना संक्रमित थपिए

मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९२ जनाको स्वाबको नमुना परिक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंका अनुसार, मकवानपुरको हेटौडा उपमहानगरपालिकाका ५९, बागमती गाउँपालिकाका १ र काठमाडौंका १ जना गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा २९ जना महिला र ३२ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४का रहेका छन् । वडा नम्बर–४ का १५ जनामा संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।

त्यस्तै हेटौंडा–१, २ र ५ का ६÷६ जना, हेटौंडा–३ का २ जना, हेटौंडा–८का ८ जना, हेटौंडा–१० का ४ जना, हेटौंडा–११ का ५ जना, हेटौंडा–६, १६ र १७ का १÷१ जना, हेटौंडाको वडा खुल्न नसकेका ४ जना र बागमती गाउँपालिका वडा नम्बर ९ का १ जना मा संक्रमण पुष्टि भएको छ । यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ ।

२०७८ वैशाख १७ गते शुक्रवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु