"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भारतमा लगातार चौथो दिन दैनिक ३ लाखभन्दा बढी नयाँ संक्रमित भेटिएः २,७६१ को ज्यान गयो

भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो ।

भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए । यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ ।

सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या २६ लाख पारः

भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेकाहरुको संख्या २६ लाख पार भएको छ । हाल भारतमा २६ लाख ७४ हजार २८७ बिरामीको उपचार चलिरहेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्यामा १ लाख ३० हजार १९९ वृद्धि भएको छ ।

२०७८ वैशाख १२ गते आइतवार १६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु