"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना भाइरस प्रकोप : ७६ देशमा संक्रमण, अमेरिकामा ६ जनाको मृत्यु

वासिंगटन। कोरोना भाइरस(कोभिड–१९) बाट अमेरिकामा ६ जनाको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार वासिंगटनमा थप ४ जनाको मृत्यु भएको हो ।

सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । वासिंगटन राज्यमा मात्रै ६ जनाको मृत्यु भएको हो भने १८ जनामा संक्रमण भेटिएको छ । शनिबार पहिलो पटक कोभिड–१९ बाट अमेरिकामा मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए ।

सोमबार बिहानसम्म अमेरिकाका विभिन्न १० राज्यमा कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ ।अमेरिकामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि अतिप्रभाविकत मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ ।

विश्वका विभिन्न ७६ देशमा गरी मंगलबार बिहानसम्म ९० हजार भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको छ भने ३ हजार एक सय २५ जनाको मृत्यु भएको छ । ४८ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

२०७६ फागुन २० गते मंगलवार १०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु