"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बालबालिकामा पोषण कमि, जङ्कफुड खतरनाक

काठमाडौँ । केही समय पहिला विश्व स्वास्थ्य सङ्गठनले काठमाडौँका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकामा पोषण जाँच ग¥यो । पोषण जाँचमा ७ सय ४५ घरधुरीका बालबालिकालाई समावेश गराइएको थियो । पोषण जाँचमा बालबालिकाको स्वास्थ्यमा विभिन्न पोषणको अभाव देखियो । त्यसो हुनुको प्रमुख कारण चाहिँ ती बालबालिकाहरुले बढी मात्रामा बजारमा पाइने प्याकेटका खानेकुराहरु ९जङ्कफुड० खाने गरेको पाइयो ।

स्वास्थ्य सेवा विभागको परिवार योजना महाशाखा अन्तर्गतको पोषण शाखाका अनुसार काठमाडौँमा गरिएको सो परीक्षणमा नेपालको दुई वर्षका बालबालिकाले आवश्यकभन्दा पनि धेरै मात्रामा जङ्कफुड खाएको पाइयो । सामान्यतः अमेरिकाको १० देखि १५ वर्षसम्मको बालबालिकाले खाने जङ्कफुड नेपालका दुई वर्षभन्दा कम उमेरको बालबालिकाले खाने गरेको पाइयो । यसरी बालबालिकालाई बजारमा पाइने प्याकेटको अनावश्यक खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा आवश्यक पोषण तत्वको कमी देखिएको छ ।

बालबालिकामा पुड्को, ख्याउटे र कम तौलको समस्या देखिनुमा जङ्कफुडको पनि प्रमुख कारक भएको चिकित्सक तथा पोषणविद्हरुले बताउँदै आएका छन् । अनुसन्धान सानो भए पनि नेपालका बालबालिकाको पोषण अवस्थाबारेको खतरनाक पक्षलाई उजागार गरेको छ । परम्परागत खानेकुरा बनाउन झन्झटिलो हुने कारण बजारका तयारी खानेकुराहरु निर्भर हुने देखिएको छ । आधुनिक समाजका परिवारलाई, सरकारलाई समेत त्यो अध्ययनको नतिजाले गतिलो झड्का दिएको देखिन्छ ।

२०७६ असोज ६ गते सोमवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु