"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कागमा पनि बर्ड फ्लु नै भएको पुष्टि भएपछि उपभोक्तालाई सचेत हुन चिकित्सकहरूको चेतावनी

काठमाडौं । हालै काठमाडौंमा करिब साढे तीन सयको सङ्ख्यामा कागहरू मर्नुका कारण बर्ड फ्लु नै भएको पुष्टि भएपछि सो रोगलाई लिएर कतिपयमा चिन्ता देखिन्छ।

घरपालुवा चरा नभए पनि मानव बस्तीमा कागको आउजाउ भएकोले मान्छेमा चिन्ता हुनु स्वाभाविक भएको चिकित्सकहरू बताउँछन्।

हुन त नेपालमा घरपालुवा हाँस, कुखुरा लगायत पशुपक्षीमा बर्ड फ्लु समयसमयमा नदेखिएको होइन, तर गैरघरपालुवा पशुपक्षीमा त्यस्तो सङ्क्रमण विरलै देखिने पशु सेवा विभागका अधिकारीहरू बताउँछन्।

पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय काठमाण्डूको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकामा बर्ड फ्लुको सङ्क्रमण देखिएका कुखुरा र कुखुराका दाना नष्ट गरिएको छ।

नेपालमा देखा पर्‍यो बर्ड फ्लु, कारण के हुन सक्छ
त्यसबाहेक ललितपुरको गोदावरी नगरपालिका(१२ र भक्तपुरको सूर्यविनायक नगरपालिका(१२ मा सङ्क्रमण देखिएका कुखुरा र कुखुराका दाना नष्ट गरिएको विभागकी उपमहानिर्देशक डा। सम्झनाकुमारी काफ्लेले बताइन्।

महाशाखाका अनुसार त्यसअघि बर्ड फ्लुको सङ्क्रमण देखिएका हेटौडा, मोरङ, सुनसरी र कास्कीका केही स्थानमा निःसङ्क्रमण कार्य गरिएको थियो।

२०७५ चैत २६ गते मंगलवार १३:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु