"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उच्च रक्तचापका बिरामीले स्वास्थ्य रहने १० तरिका

काठमाडौँ । व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु स्–

–दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
– चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
–सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
– शारीरको तौल कायम राख्ने ।
– तनावमुक्त रहने ।
– नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
– धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
– उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
– मदिरा सेवन नगर्ने ।

२०७५ फागुन ५ गते आइतवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु