नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै, अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्यो

काठमाडौ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने देखिएको छ।
राष्ट्रिय तथ्यांक विभागले तेस्रो त्रैमाससम्मको यथार्थ गणना तथा चौथो त्रैमासिक अनुमानित आर्थिक क्रियाकलापलाई आधारमा मानेर तयर गरेको तथ्यांकले २।१६ प्रतिशतको आर्थिक वृद्धि देखिएको हो।
उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९र८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।
यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।
कोभिड १९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।
२०८० वैशाख १९ गते मंगलवार २०:०९ बजे प्रकाशित