"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

भक्तपुरमा बजार अनुगमनः चालमलगायत सामान जफत, नगद जरिवानासहित अखाद्य वस्तु नष्ट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयको नेतृत्वमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट क्षेत्रको खाद्यान्न, किराना तथा मासु पसलमा गरिएको अनगुमनमा म्याद गुज्रेका सामान बिक्रीमा राखेको पाइएको छ ।

अनुगमनमा म्याद गुज्रेको, लेबलिङ नभएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । अनुगमनमा चाँगुनारायण–२ रहेको देवी खाद्य उद्योगमा म्याद नाघेको ओखर, चाउचाउ, चकलेट जफत गरी नष्ट गरिएको छ । त्यस्तै सङ्ग्रिना स्टोरमा गरिएको अनुमगनमा म्याद नाघेको चाकु, बम, पप, सन गोल्ड बेस, तास लगायतका सामग्री जफत गरी नष्ट गरेको छ ।

दुवाकोटकै नारायणी खाद्य उद्योगमा गरिएको अनुगमनमा म्याद गुज्रिएको रु १५५० मा बिक्री गर्ने गृहणी चामल ६ बोरा जफत गरिएको छ । यस पसलबाट अमिलोलगायत अन्य सामानसमेत जफल गरी नष्ट गरी रु पाँच हजार जरिवाना गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।

त्यस्तै केएमसी किराना पसलमा मूल्य सूची नराखेको, म्याद गुज्रेका र बिक्री गर्ने सामान एकै ठाउँमा राखेको, बोर्ड नराखको पाइएको तथा म्याद गुज्रेको चिउरा जफत गरी नष्ट गरिएको छ । अनुगमनकै क्रममा च्वाङ्गा गणेश मिट सपमा फ्रोजन माछा, प्राउन, बफ सलामी जफत गरिएको जानकारी दिनुभयो ।

उहाँले अधिकांश पसलले म्याद गुज्रेका अखाद्य सामान बिक्रीमा राखिएको, पसल नवीकरण नगरिएको, मूल्य सूची नराखिएको, ढक तराजु नवीकरण नगरिएको, लेबलिङ र मिति नभएका सामान बिक्रीका लागि राखिएको, मूल्य सूची अद्यावधिक नगरेको पाइएको शर्माले जानकारी दिए।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले बजार अनुगमन नियमित रुपमा गरिएको बताए। उपभोक्ता मञ्चका अध्यक्ष मनोजकुमार थापा, उद्योग वाणिज्य सङ्घका विश्व दुवाल, यादवप्रसाद मिश्र, प्रहरीबाट प्रकाश घिमिरे, सुदन केसी, सञ्जिव न्यौपाने, हरिदत्त जोशी, पत्रकारलगायतको टोलीले अनुगमन गरेका थिए ।

२०७९ वैशाख १५ गते बिहीवार २०:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु