"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

साल्ट ट्रेडिङ्गको नयाँ अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको नयाँ अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् । संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भई रिक्त रहेको उक्त पदमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् ।

संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपाल सरकारको लगानी रहेको एक ऐतिहासिक संस्था हो ।

आज भन्दा करिब ४८ बर्ष अगाडी २०१९ सालमा आयोडिन युक्त नुन बिक्री विरतणका लागी स्थापित उक्त संस्थाले हाल नुनको अलावा खाध्यान्न तथा चिनी समेत बिक्री बितरण गर्दै आईरहेको छ ।

साथै साल्ट ट्रेडिङ्गले एसटिसी ग्यास, कृषी मल समेत सर्बसुलभ मुल्यमा बिक्री बितरण गर्दै आएको छ ।

२०७८ फागुन १९ गते बिहीवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु