"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मूल्य प्रतितोला ९७ हजार पुग्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजा ५ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३१५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार १३०० रुपैयाँ थियो ।

२०७८ फागुन १० गते मंगलवार २०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु