"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सरकारले कोरोना भ्याक्सिन किन्न विभिन्न शीर्षकमा १० प्रतिशत बजेट कटौती गर्याे

काठमाडौं । सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च र विविध कार्यक्रम खर्च शीर्षकमा १० प्रतिशत बजेट कटौती भएको छ ।

यसरी कटौती गर्दा तत्काल ५ अर्ब रुपैयाँ बचत हुने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । यो रकमबाट कोभिड–१० विरुद्धको खोप खरिद गर्ने सरकारले जनाएको छ ।

२०७८ भदौ २५ गते शुक्रवार १८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु