"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री, उपभोक्ता मारमा

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्राय: थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे ।

बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री गर्ने र यस क्रममा निर्धारित तौलभन्दा कम मात्रै सामग्री उपभोक्तालाई दिने गरेको पाइएको थियो । कतिपय प्याकिङ गरिएका सामग्री निर्धारित तौल कम भएका तथा तराजुमा समेत नियमविपरीत कम तौललाई बढी मानी बिक्री गर्ने कार्यले उपभोक्ता ठगिन बाध्य भएको पाइएको हो ।

खाद्य सामग्रीमा भने उपभोक्ताको स्वास्थ्यमा असर पार्ने गम्भीर कमजोरी व्यवसायीबाट भइरहेको पाइएको छ । बजारमा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । यसक्रममा प्याकिङ गरिएका धेरै खाद्य सामग्री म्याद गुज्रिएको भेटिएपछि अनुगमन गरिरहेका सरकारी अधिकारी तथा उद्योग वाणिज्य सङ्घका पदाधिकारीले यस प्रकारका गल्ती नदोहो७थभलसयाउन भन्दै सचेत गराई छाडेका छन् । मेची राजमार्गमा पर्ने जोरपोखरी र गोपेटार बजारका केही पसलमा गरिएको अनुगमनमा धेरै खाद्य सामग्री म्याद गुज्रिए पनि बिक्रीका लागि राखिएको र बिक्री भइरहेको पाइएको हो ।

२०७८ भदौ १३ गते आइतवार ०७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु