"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा यो रिपोर्ट आएको हो ।

संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । हिजो १२८ जना सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत ४८१ जना गरि जम्मा ६०९ जनाको स्वाव संकलन गरिएको थियो ।

२०७८ वैशाख २३ गते बिहीवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु