"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एक पछि अर्काे मुल्य बृद्धिले उपभोक्ता मारमा, खानेतेलको मूल्य बढाएका व्यवसायीले डेढ सातायता चामल र चिनीको भाउ पनि बढाए

काठमाडौं । उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । सरकारी मौज्दात घट्दै गएकोबारे जानकार चिनी उद्योगीहरूले मूल्य बढाएका हुन् । उनीहरूले फ्याक्ट्री गेट मूल्य २ रुपैयाँ बढाएका छन् । ‘पाँच दिनअघि प्रतिकिलो ७८ रुपैयाँ ९भ्याटसहित० मा खरिद गरिरहेका थियौं, अहिले प्रतिकिलो ८० रुपैयाँ परेको छ,’ होलसेल व्यवसायी सञ्जय फुयालले भने ।

होलसेलमा प्रतिकिलो ७८ रुपैयाँ हुदा खुद्रा व्यवसायीले प्रतिकिलो ८१–८२ रुपैयाँमा खरिद गरेका थिए । उनीहरूले सर्वसाधारणलाई ८५ देखि ८७ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । फ्याक्ट्री मूल्य बढेपछि सर्वसारधणलाई प्रतिकिलो ९० रुपैयाँभन्दा बढी पर्ने खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

उपभोक्ता अधिकारकर्मिहरुले क्रसिङको सुरुवाती चरणमै मूल्य बढ्नु शंकास्पद रहेको बताए । ‘उद्योगीहरूको कार्टेलिङ नै हो । सरकारले कार्टेलिङ तोडेर बढी मूल्य लिनेलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ । सरकारले अनुगमन र नियमनमा कडाइ गर्नुपर्ने उपभोक्ता अधिकारकर्मिहरुको भनाई छ ।

विभागले कारबाहीको दायरामा ल्याएको दाबी गरे पनि बजार सुधार हुन सकेको छैन । केही महिनाअघि खानेतेल, निर्माण सामग्रीको भाउ बढाएका व्यवसायीहरूले चामलको मूल्य पनि बढाएका छन् । उनीहरूले बोरामै १ सयदेखि २ सय रुपैयाँसम्म बढाएका छन् । डेढ सातायता केराउमा पनि १० रुपैयाँ बढेको खुद्रा व्यापार संघले जनाएको छ ।

२०७७ माघ १४ गते बुधवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु