पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो।
भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४र४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको निगमले जानाएको छ ।
२०७७ मंसिर २८ गते आइतवार १५:१५ बजे प्रकाशित