मंगला सिमेन्टको गुणस्तर चिन्ह खारेज गरि हदै सम्मको कारबाही गर्न कन्जुमर आई नेपालको माग (बिज्ञप्तीसहित)

काठमाडौं । गुणस्तहिन कमसल सिमेन्ट उत्पादन तथा विक्रिवितरण गर्ने मंगला सिमेन्ट उद्योगमाथि हदै सम्मको कारबाही गर्न उपभोक्ताकर्मीले माग गरेका छन् । गुणस्तर तथा नापतौल विभागबाट गुणस्तरको प्रमाणपत्र प्राप्त मंगला सिमेन्ट उद्योगको गुणस्तर चिन्ह खारेज गर्नका साथै मंगला सिमेन्ट उद्योगलाई कानुन बमोजिम हदै सम्मको कारबाही गर्न कन्जुमर आई नेपालले सरकारसँग जोडदार माग गरेको हो ।
कन्जुमर आई नेपालले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै न्युन गुणस्तरको मंगला सिमेन्टमाथि कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ । काठमाडौं नगरपालिका निवासी अमर गोपाल श्रेष्ठले आफ्नो घर निर्माणका लागि गत असार ३२ गते ललितपुर सानेपास्थित एक डिपोबाट मंगला पीपीसी सिमेन्ट खरिद गरि घरमा प्रयोग गरेको र न्यून गुणस्तरको सिमेन्टका कारण निर्माण कार्य बिग्रिएको कन्जुमर आईद्धारा जारी वक्तव्यमा भनिएको छ ।
अनुसन्धानका क्रममा उक्त सिमेन्टले बजारमा गुणस्तरहिन सिमेन्ट उत्पादन गर्दै आएको र गुणस्तरीय भन्दै उपभोक्ता ठग्दै आएको पाइएको कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालकाे भनाइ छ। केहि समयअघिदेखि मंगला सिमेन्टले यसरी नै बजारमा गुणस्तर हिन सिमेन्टलाई विक्रिवितरण गर्दै आएको र उपभोक्ता झुक्याएर अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्दै आएको उनको भनाई छ ।
पछिल्लो समय बजारमा मंगला सिमेन्ट मात्र नभएर अधिकांश सिमेन्टहरुको गुणस्तर कमसल रहने गरेको पाइएको र तोकिएको मापदण्ड समेत पुरा नगरेको पाइएको महासचिव खनालको आरोप छ । यस्ता सिमेन्टको गुणस्तर तत्काल छानविन गर्न र दोषीलाई कारबाही गर्न समेत खनालले जोडदार माग गरेका छन् ।
हेर्नुहाेस् प्रेस वक्तव्य :
२०७७ भदौ २६ गते शुक्रवार १६:५६ बजे प्रकाशित