सुनको भाउ एक लाख पुग्नै लाग्यो, प्रतितोला ९९ हजार ३ सय रुपैयाँ
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ निरन्तर आकाशिएको छ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कायम भएको थियो ।
२०७७ साउन १६ गते शुक्रवार १६:५६ बजे प्रकाशित























