"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला झन्डै एक लाख

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन आज प्रति तोला ९९ हजार पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मूल्य उच्च रहेको थियो।

आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो।

२०७७ साउन १५ गते बिहीवार ११:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु