सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलाको साढे ९७ हजारमा कारोबार

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको हो ।
आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
२०७७ साउन १२ गते सोमवार १२:५१ बजे प्रकाशित