"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले पहिलो पटक ताेक्याे बाली लगाउनुपूर्व नै धानको समर्थन मूल्य

काठमाडौं । सरकारले पहिलो पटक बाली लगाउनुपूर्व नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक धानको न्यूनतम समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन मूल्य तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।

समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा कृषकको मुनाफा २० प्रतिशत र ढुवानी खर्चमा औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि पहिलो पटक सरकारले गहुँको समर्थन मूल्य तोकेको थियो ।

गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो ।

२०७७ असार ५ गते शुक्रवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु