"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको भाउ एकैदिन ३ हजारले घट्यो, तोलाको ७८ हजार पाँच सय रुपैयाँ

काठमाडौं । साताको छैंटौ दिन अर्थात शुक्रबार नेपाली बजारमा सु्नको मुल्य ह्वात्तै घटेको छ । सु्न आज तोलामा रु ३ हजार रुपैंयाँले घटेको हो ।

सुनको भाउ शुक्रबार तोलाको ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबार खस्किएसँगै सुनचाँदीको भाउ घटेको महासङ्घले जनाएको छ ।

२०७६ फागुन ३० गते शुक्रवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु