सुनको भाउ आज पनि बढ्यो, तोलाको ८० हजार ७ सय रुपैयाँ पुग्याे
काठमाडौं । साताको पाँचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको छ । यो मुल्य अहिलेसम्मकै महँगो हो ।
बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासङ्घ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ ।
त्यस्तै चाँदी बिहीबार तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२०७६ फागुन २२ गते बिहीवार १२:५० बजे प्रकाशित