आज पनि सुनको भाउ घट्यो, तोलाको ७९ हजार पाँच सय रुपैयाँमा कारोबार

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले घटेको हो ।
मंलबार तोलाको ८० हजार रुपैंयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज बुधबार घटेर तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढेपछि पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महँगो भएको महासङ्घले जनाएको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ फागुन १४ गते बुधवार ११:०३ बजे प्रकाशित