"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको भाउ तोलाको ८० हजार ३०० पुग्यो, एकैदिन तोलामा १५०० रुपैयाँले बृद्वि

काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा रु १५०० रुपैयाँ बढेको हो ।

सुन आज तोलामा १५ सय रुपैयाँ बढेर प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो ।

चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

२०७६ फागुन १२ गते सोमवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु