"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अलैँची मूल्यमा भारी गिरावट, मनको एक लाखमा कारोवार हुने अलैँची मुल्य २६ हजारमा झर्याे

काठमाडौं । कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए ।

भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन (१०० किग्रा) अलैँचीको मूल्य घटेर रू २६ हजार पुगेको छ ।

केही वर्षअघि एक मनको रू एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि रू २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

उपाध्यक्ष श्रेष्ठले भने, “दुईचार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो ।”

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ । अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताए ।

सधैँ भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ । पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ ।

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ ।

अहिले अलैँची कारोवारमा भारतमा कमी आएको पाइन्छ । गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ ।

दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ । सङ्खुवासभामा २९ हेक्टर उत्पादनयोग्य जमीन रहे पनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ ।

२०७६ फागुन ११ गते आइतवार १०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु