"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मूल्य अहिलेसम्मकै उच्च, तोलाकै ७७ हजार ६ सय

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।

बिहीबार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।

बुधबार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बिहीबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यस्तै चाँदीको प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

२०७६ फागुन ८ गते बिहीवार १२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु