सुनको मुल्यमा नयाँ रेकर्ड : तोलाको ७७ हजार १ सय रुपैयाँ

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्यले नँया रेर्कड बनाएको छ । सुन आज बजारमा तोलाको रु ४०० रुपैंयाँले बढेको हो ।
मङ्गलबार तोलाको ७६ हजार ७०० रुपैयाँ तोकिएर सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ ।
चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । यसकारण सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
२०७६ फागुन ७ गते बुधवार १५:३८ बजे प्रकाशित