सुकेको लसुनको भाउ आकासियो, प्याजको पनि मुल्यबृद्धि

काठमाडौं । माग र आपूर्तिबीच समन्वय नहुँदा लसुनको मूल्य निकै बढेको छ । लसुनका थोक विक्रेता अर्जुन सिलवालका अनुसार चीनमा फैलिएको कोरोना भाइरसका कारण लसुन आयात भएको छैन । त्यसैले पुस पहिलो सातासम्म एक सय ३० प्रतिकिलोमा पाइने लसुन फाल्गुनका ेपहिलो सातासम्म आइपुग्दा प्रतिकेजी एक हजार रुपैयाँ पुगेको छ ।
‘पछिल्लो २० दिनदेखि चीनबाट लसुन आएको छैन,’ सिलवालले भने, ‘व्यापारीले भण्डारण गरिराखेका लसुन झिक्दै मौकाको फाइदा उठाएर चर्को मूल्यमा बिक्री गरेका हुन् ।’ उनका अनुसार चीनबाट आयात हुने लसुनको विकल्पमा भारतको लसुन भए पनि नेपालीले चिनियाँ लसुन मन पराउँदै आएका छन् । भारतीय लसुन प्रतिकिलो तीन सय ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।
२०७६ फागुन ४ गते आइतवार १०:१८ बजे प्रकाशित