"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

लसुन एक किलोको ६ सय रुपैयाँ

काठमाडौं । माग र आपूर्तिबीच समन्वय नहुँदा लसुनको मूल्य निकै बढेको छ । लसुनका थोक विक्रेता अर्जुन सिलवालका अनुसार चीनमा फैलिएको कोरोना भाइरसका कारण लसुन आयात भएको छैन । त्यसैले पुस पहिलो सातासम्म एक सय ३० प्रतिकिलोमा पाइने लसुन माघ अन्तिम सातासम्म आइपुग्दा ६ सय रुपैयाँ पुगेको छ ।

‘पछिल्लो २० दिनदेखि चीनबाट लसुन आएको छैन,’ सिलवालले भने, ‘व्यापारीले भण्डारण गरिराखेका लसुन झिक्दै मौकाको फाइदा उठाएर चर्को मूल्यमा बिक्री गरेका हुन् ।’ उनका अनुसार चीनबाट आयात हुने लसुनको विकल्पमा भारतको लसुन भए पनि नेपालीले चिनियाँ लसुन मन पराउँदै आएका छन् । भारतीय लसुन प्रतिकिलो तीन सय ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।

२०७६ माघ २६ गते आइतवार १२:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु