बिषादीयुक्त तरकारी निरुत्साहित गर्न एक वडा एक प्राविधिक परिचालन
पाल्पा । बाहिरबाट आउने बिषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरिएको छ ।
नगरका दशवटै वडामा एक वडा एक प्राविधिक छनौट गरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ । बाहिरबाट बिषादी प्रयोग भएका तरकारीले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनलाई बढावा दिन रामपुर नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम पनि सञ्चालन गरेको छ । नगरको एक वडा एक उत्पादन कार्यक्रम सहज र प्रभावकारी बनाउन वडा वडामा प्राविधिक परिचालन गरिएको हो ।
कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बालीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।
२०७६ माघ २५ गते शनिवार १५:५३ बजे प्रकाशित