"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको भाउले राख्यो ऐतिहासिक रेकर्ड, अहिलेसम्मकै महँगो भएपछि कारोबार ठप्प

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबार सुन तोलामै १००० रुपैंयाँले बढेर फेरि नयाँ रेकर्ड बनाएको हो ।

बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

२०७६ पुस २३ गते बुधवार ११:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु