सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो
![image image](https://www.upabhoktanepal.com/wp-content/uploads/2019/12/Gold-1.jpg)
काठमाडौँ । साताको तेस्रो दिन अर्थात नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मूल्य शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार र बिहीबार स्थिर थियो ।
अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।
२०७६ पुस १८ गते शुक्रवार १७:३७ बजे प्रकाशित