पेट्रोल, मट्टितेल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ। आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुनेछ।
जसअनुसार हाल काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ रहेकोमा अब उपभोक्ताले १०९ रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ। हाल प्रतिलिटर ९५ रुपैयाँ थियो।
भारतीय आयल कर्पोरेसनबाट हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समेत बढेर आएता पनि हाललाई यथावत नै राखिएको निगमले जनाएको छ।
२०७६ मंसिर १८ गते बुधवार १७:३४ बजे प्रकाशित