"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंमा प्याजको कालोबजारी, उपभोक्ता मारमा

काठमाडौं । बजारमा प्याजको अभाव भएसँगै कालोबजारी सुरु भएको छ । काठमाडौंको ‘कालीमाटी फलफूल तथा तरकारी बजार’को मूल्य र भन्सार मूल्यको तुलना गर्दा काठमाडौंमा प्याजको कालोबजारी भइरहेको देखिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिबाटै उपत्यकाको ७५ प्रतिशत भन्दा बढी तरकारी आपूर्ति हुने गर्छ । कालीमाटी बजारमा आउने तरकारीको ठुलो हिस्सा वीरगन्ज भन्सार हुँदै आइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले कालीमाटी बजारमा आयात भइरहेको सबै तरकारी भैरहवा र वीरगन्ज भन्सार हुँदै आइरहेको जानकारी दिए ।

भैरहवा भन्सार कार्यालयले भने प्याज आयात नभएको जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख कमल कुमार भट्टराईले भारतले प्रतिबन्ध लगाएपछि भैरहवा भन्सार कार्यालयबाट प्याजको आयात नभएको बताए ।

वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी विमलकुमार साहले वीरगञ्ज भन्सार भएर दैनिक २४ हजार ७ सय केजी प्याज आयात भइरहेको जानकारी दिए । उनका अनुसार वीरगन्ज भन्सार कार्यालयमा प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँ २० पैसा ९२२ भारु० रहेको छ । त्यसमा आयातकर्ताले १० प्रतिशत भन्सार मूल्य, ५ प्रतिशत अग्रिम आयकर र ५ प्रतिशत कृषि सुधार शुल्क तिर्नु पर्छ । सो करहरु समावेश गर्दा वीरगन्ज भन्सारमा प्याजको मूल्य प्रतिकेजी ४२ रुपैयाँ २४ पैसा पर्छ ।

यातायात व्यवस्था विभागका अनुसार वीरगन्जदेखि काठमाडौंसम्मको ढुवानी भाडा प्रतिकेजी दुई रुपैयाँ २० पैसा रहेको छ । तर, ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाँ बजारमा ढुवानीको प्रतिस्पर्धाका कारण ढुवानी भाडा १ रुपैयाँ ८० पैसा प्रतिकेजी रहेको बताउँछन् ।

वीरगञ्ज भन्सारमा तोकिएको मूल्य, कर एवं ढुवानी भाडा र काठमाडौं उपत्यकामा विक्री भइरहेको मूल्यको अन्तरले प्याजको कालोबजारी भइरहेको देखिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको खूद्रा मूल्य प्रतिकेजी दुई सय २५ रुपैयाँसम्म छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वीरगन्ज देखि काठमाडौंसम्मको ढुवानी भाडा, अन्य खर्चसमेत जोड्दा प्याजको कालोबजारी भएको स्पष्ट हुने बताउँछन् । ‘प्याजको प्रतिकेजी २ रुपैयाँ २० पैसा ढुवानी भाडा जोड्दासमेत प्याजको मूल्य ४४ रुपैयाँ ६२ पैसा प्रतिकेजीका दरले काठमाडौंमा आइपुग्छ’ उनले भने, ‘पसलको भाडा प्रतिकेजी १० रुपैयाँ नै जोड्दा र २० रुपैयाँ प्रतिकेजी नाफा राख्दा पनि प्याजको खुद्रा मुल्य प्रतिकेजी ७०-७५ रुपैयाँ भन्दै बढी हुँदैन ।’

कालीमाटी बजारमा आयात भएको पछिल्लो एक महिना ९कार्तिक ९ देखि मंसिर ९० को तथ्याङ्क हेर्दा औषतमा ४० मेट्रिकटन प्याज आयात भइरहेको छ ।

सामान्य अवस्थामा ९० देखि एक सय मेट्रिकटनसम्म प्याजको आयत हुने गरेको थियो । तर, पछिल्लो समय आयात कम हुँदा प्याजको मूल्य बढेको निर्देशक पौडेलको भनाई छ ।

भन्सारसँग मूल्य माग्छौं : वाणिज्य विभाग
यता वाणिज्य विभागले प्याजको बढेको मूल्यको सन्दर्भका अनुगमन गरिने प्रतिक्रिया दिएको छ । विभागका अनुगमन निर्देशक सागर मिश्रले भन्सार विभागसँग भन्सार मूल्य माग गरिने र विश्लेषण गरिने बताए । ‘नियमित अनुमगन भइरहेको छ’ उनले भने, ‘प्याजको मूल्यको सन्दर्भमा भन्सारसँग भन्सार मूल्य मागेर मूल्य विश्लेषण गर्ने तयारीमा छौं, ।’

यस्तो छ प्याजको आन्तरिक उत्पादन
नेपालको प्याज उत्पादन प्रतिवर्ष दुई लाख ३० हजार मेट्रिक टनको हाराहारीमा हुने गरेको राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रको तथ्याङ्क छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७२र०७३ मा २० हजार ७० हेक्टर क्षेत्रफलमा प्याज खेती भएको थियो । सो क्षेत्रफलमा २ लाख ३८ हजार ५९० मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्याङ्क रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७३/०७४मा १९ हजार ६ सय ६३ हेक्टर क्षेत्रफलमा प्याज खेती भएको र दुई लाख ३५ हजार आठ सय ३७ मेट्रिक टन उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५मा १९ हजार आठ सय २१ हेक्टर क्षेत्रफलमा प्याज खेती भएको र दुई लाख ३९ हजार २४ मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्याङ्क छ ।

वार्षिक आयात बढ्दो
नेपालमा वार्षीक करिब तीन लाख मेट्रिक टन प्याज आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२र०७३ मा ९५ हजार दुई सय ३१ मेट्रिक टन आयात भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा एक लाख २३ हजार ५६९ मेट्रिक टन प्याज आयात भएको छ । २०७४/०७५मा तीन लाख १० हजार एक सय ८७ मेट्रिक टन प्याज आयात भएको छ । आव २०७५/०७६मा ३ लाख १० हजार १८८ मेट्रिक टन प्याज आयात भएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३६ हजार तीन सय ५२ मेट्रिक टन प्याज आयात भएको छ । उक्त प्याज भारत, चीन र नामिवियाबाट आयात भएका हुन् ।

नयाँ पत्रिकाबाट

२०७६ मंसिर १५ गते आइतवार १५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु