"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

क्रेडिट कार्ड प्रयोग गर्दा पाँच कुरामा ध्यान दिनुस्

काठमाडौं । पछिल्लो समय नेपालमा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या बढ्दो छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यङ्कअनुसार १ लाख २३ हजार १ सय ४६ नेपालीले क्रेडिट कार्ड बोक्छन्।

पाँच वर्षमा प्रयोगकर्ता ६० प्रतिशतले बढेका छन्। २०७२ सालमा क्रेडिट कार्ड प्रयोग कर्ताको सँख्या ४३ हजार ९ सय थियो। नियमित आम्दानीको स्रोत देखाएमा बैंकबाट सहज रुपमा कार्ड पाइन्छ।

तर, यसको सही सदुपयोग गरिएन भने यसले वित्तीय संकट पनि निम्त्याउन सक्छ। पहिलो, आफूले प्रयोग गरेको क्रेडिट कार्डको स्टेटमेन्ट नियमित हेर्ने गर्नुपर्छ।

कार्ड प्रयोग गर्दा कतिबेला पैसा सकियो भन्ने पत्तो नै हुँदैन। त्यसैले, नियमित स्टेटमेन्ट हेर्ने बानी गर्नुपर्छ। त्यसले केमा खर्च बढीरहेको छ, अनावश्यक कुराको खर्च कस्तो छ भन्ने थाहा पाउन सकिन्छ र बेलैमा खर्च कटौति गर्न सकिन्छ।

त्यस्तै, सिमा भन्दा बढी क्रेडिट पनि लिनु हुँदैन। बैंकले विशेष परिस्थतिमा न्यूनतम भन्दा बढी सुविधा पनि दिएको हुन्छ। तर, सधै त्यो सुविधा लिँदा न्यूनतम भन्दा बढी खर्च हुन्छ सक्छ।

विज्ञहरुले क्रेडिट कार्डको न्यूनतम सिमाको पनि ३० प्रतिशत बचत गर्न सक्नुपर्ने बताउँछन्। यसले आफ्नो खर्चलाई नियन्त्रण गर्न सहयोग गर्छ।

कहिलेकाहि बैंकहरुले विशेष अफर दिएका हुन्छन्। धेरै खर्च गर्दा सुविधा थपिने भनेर लोभ्याएका हुन्छन्। यस्ता अफरबाट जोगिनु पर्छ। यस्ता अफरले अनावस्यक विषयमा खर्च बढाउन सहयोग गर्छ।

प्राय क्रेडिट कार्डको प्रयोग भुक्तानीमा मात्रै गरिन्छ। तर अत्यावश्यक हुँदा नगद पनि निकाल्न मिल्छ। सकेसम्म क्रेडिट कार्डको प्रयोग गरेर नगद निकाल्नु हुँदैन। यसले पैसा निकाल्ने बानी बसाल्छ र वित्तीय संकटमा पुर्याउँछ।

एक भन्दा बढी क्रेडिट कार्ड पनि लिन हुँदैन। धेरै क्रेडिट कार्ड हुँदा त्यसले स्वभाविक रुपमा खर्च बढ्छ। कार्ड लिएर प्रयोग नगर्दा पनि त्यसको न्यूनतम शुल्क तिर्नुपर्ने कारणले खर्च बढाइरहेको हुन्छ।
अनलाईनहरुको सहयोगमा

२०७६ मंसिर ३ गते मंगलवार १५:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु