"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुई महिनामा ६ लाख नयाँ करदाता थपिए

काठमाडौं । आर्थिक वर्ष ०७६र७७ को पहिलो दुई महिना (साउन–भदौ)मा कबिर ६ लाख नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार, यो संख्या व्यावसायिक स्थायी लेखा नम्बर, व्यक्तिगत स्थायी लेखा नम्बर र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको कूल हो ।
सरकारले चालु आर्थिक वर्ष ०७६र७७ बाट सबै व्यक्तिले अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान ल्याएको थियो । यसको कार्यान्वयन उत्साहजनक देखिएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनमा कूल २ लाख ९० हजार ९ सय १४ प्यान नम्बर जारी भएका थिए । भदौमा त्यो संख्या अझै बढेर ३ लाख ५ सय ९३ जना पुगेको छ ।

साउनमा २ लाख ५४ हजार ४ सय ९ जना व्यक्तिले व्यक्तिगत प्यान नम्बर लिएका थिए । भदौमा यो संख्या बढेर २ लाख ५७ हजार ३ सय ८३ जना पुगेका छन् । साउनमा ३६ हजार कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका थिए भने भदौमा ४२ हजार ५ सय ११ कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।

व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर ९प्यान० लिनुपर्ने प्रावधान सरकारले चालु आर्थिक वर्षबाट अनिवार्य गरेको हो । आर्थिक वर्ष २०७६र७७ को बजेट वक्तव्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो । यस नीति अनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनु पर्ने हुन्छ ।

साढे २७ लाख पुगे करदाता

भदौ मसान्तसम्म प्यानमा दर्ता हुने व्यक्तिगत करदाताको संख्या १५ लाख ४ हजार २ सय ३३ रहेको छ । व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या भने १२ लाख ५६ हजार ९९ पुगेको छ ।

भदौ मसान्तसम्म नेपालमा स्थायी लेखा नम्बर लिने कूल करदाता २७ लाख ६२ हजार १ सय ३५ पुगेको छ । उता मूल्य अभिवृद्धि कर र अन्तःशूल्कमा दर्ता हुने करदाताको संख्या पनि निरन्तर बढिरहेको छ । मन्त्रालयको तथ्यांकअनुसार मूल्य अभिवृद्धि करमा २ लाख ३२ हजार १ सय २० र अन्तःशूल्कमा ८८ हजार ३ सय ४१ करदाता दर्ता भएका छन् ।

के हो स्थायी लेखा नम्बर

स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो ९ अकंको हुन्छ । व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ । यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचनासमेत यहाँ भण्डार गरिएको हुन्छ ।

उद्योग, व्यापार, पेसा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले समेत आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने विलविजक, खाता, कागजात तथा आय विवरणजस्ता करसम्बन्धी सम्पूर्ण विवरणमा प्यान अनिवार्य गरिएको छ ।

व्यक्ति र कम्पनीले फरकफरक प्यान लिनुपर्छ । अहिले आफूले गर्ने कारोबार, बिल–बिजक, खाता, आय–विवरण, बैंकिङ कागजात तथा करसम्बन्धी सम्पूर्ण काम गर्दा प्यान अनिवार्य गरिएको छ । प्यान नम्बरले राजस्वको अभिलेख पनि पारदर्शी हुने सरकारको भनाइ छ ।

२०७६ कात्तिक ४ गते सोमवार १४:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु