"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्ने, हेर्नुहोस् विज्ञप्ति

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा २५ रुपैयाँ र हवाई इन्धनको प्रति किलोलिटरमा ५० डलर मूल्य घटाएको हो ।

शुक्रवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै निगमले १ सेप्टेम्बर २०१९ मा इन्डियन आयल कर्पोरेसनबाट आउने हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्य घटेको हुनाले नेपालमा पनि त्यसको समायोजन गरेको बताएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्य अनुरुप १ सेप्टेम्बर २०१९ मा इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त हवाई इन्धन र एलपी ग्यासको नयाँ र खरिद मूल्य केही घटेर आएको छ,ु विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यसले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न केही टेवा पुगोस भन्ने उद्देश्य रहेको दाबी गरेको छ ।

बिहीवार बसेको निगमको संचालक समितिको बैठकको निर्णय बमोजिम शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाइएको हो ।

निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य पनि स्वचालित प्रणालीबाट तय हुने गरी अघि बढेको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति ।

२०७६ असोज ६ गते सोमवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु