"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शाओमीले ल्यायो धमाकेदार MI A3  स्मार्टफोन

काठमाण्डौँ  । शाओमीले मंगलबार एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ सार्वजनिक गरेको छ । अघिल्लो मी ए२ , विश्वकै नम्बर एक एन्ड्रोइड स्मार्टफोन को सफलता पश्चात यस फोन सार्वजनिक गरिएको हो ।

एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । यस सेगमेन्टकै उत्कृष्ट फोन मी ए२ को कार्यात्मक पक्षलाई कायम राखेर मी ए३ मा नयाँ डिजाइन समावेश गरिएको छ । रु २३,९९९ शुरुवाती मुल्य रहेको यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एएमओएलइडी सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, फ्रन्ट क्यामेरा ३२ एमपी ब्याकमा ४८ एमपी , ८ एमपी र २ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् । यसमा ४०४० एमएएच को ब्याट्री साथै टाईप सी पोर्ट रहेको छ । सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै मी ए३ गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ । न्युनतम मूल्य र अधिकतम सुबिधा सहितको यो स्र्माट फोनले बजार राम्रो तताउँछ भन्ने बिश्वास गरिएको छ ।

२०७६ भदौ २५ गते बुधवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु