"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पशु क्वारेन्टाईन कार्यालय एक्शनमा उत्रिने

काठमाण्डौँ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै पशु क्वारेन्टाईन कार्यालय काठमाण्डौँले बिषेश गरी नेपालीहरुको महान बडा दशैँ,तिहार,छठ तथा ईद का लागी एक्शनमा उत्रिने भएको छ ।
काठमाण्डौँका बिभिन्न नाका हुदैँ पशुपंक्षी, पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीहरु बिगतमा अबैध रुपमा कारोबार हुने भएकाले ती नाकामा बिषेश अपरेसन चाल्ने भएको छ । यसै अपरेसन अन्र्तगत नाकाहरुमा अनुगमन तथा निरीक्षण गर्नका लागी कार्यदल गठन भएको छ । कार्यदलमा बरिष्ठ पशुचिकित्सक, भेटेनरी एशोशिएसन,उपभोक्ता अधिकारकर्मी, पशु अधिकारकर्मी,  पशु व्यबशायी समेत रहेका छन् । यो कार्यदल सीघ्र अपरेसनमा उत्रिने कार्यालयका प्रमुख तथा बरिष्ठ पशु पशुचिकित्सक डा.श्रीराम अधिकारीले बताएका छन् ।   यसले पशुपंक्षी, पशुजन्य पदार्थ र पशु उत्पादन सामाग्रीहरु चोरी पैठारी , अबैध पैठारी लाई रोक्ने छ । यदि अबैध कार्यहरु गरेको भेटिएमा कडा भन्दा कडा कारबाही हुनेछ ।

२०७६ भदौ २५ गते बुधवार १०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु