तरकारी र फलफूलको विषादी परीक्षण शुरू भएपछि आयातमा कमी, बजार महंगियो उपभोक्ता मारमा
बर्षाका कारणले पनि केहि आयतमा कमि, बजार नियमन गर्न अनुगमनलाई तिव्रता
काठमाडौं । बजारमा तरकारी तथा दैनिक प्रयोगमा आउने खाध्य सामाग्रीहरुमा अस्वभावीक रुपमा मुल्य वृद्धि भएको उपभोक्ताहरुको व्यापक गुनासो आए पछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा, सरकारी अधिकारी, उपभोक्ताकर्मि, विषयगत विज्ञ र पत्रकार सहतको टोली विभिन्न स्थानमा परिचालन गरि अनुगमनलाई तिव्रता दिएका छन् ।
पछिल्लो समय वीरगञ्ज, भैरहवा र नेपालगञ्ज नाका हुँदै नेपाल ल्याइने तरकारी र फलफूलको आयातमा कमी आएको त्यहाँका भन्सार कार्यालहरूले बताएका छन्। केही तरकारी र फलफूलमा विषादीको अवशेष हेर्न द्रुत जाँच गर्दा विषादीको मात्रा धेरै भेटिएकोल नेपाल आउनबाट रोकिएको बताइएको छ।
भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको अवशेषको जाँचको विषयलाई लिएर गत महिना सर्वसाधारण र सांसदहरू सरकारको आलोचनामा उत्रिएका थिए। सरकारले जाँचको निर्णय फिर्ता लिएपनि अदालतको आदेशपछि मुख्य दुई प्रकारका विषादीहरूको जाँच सात ठाँउमा भइरहेको अधिकारीहरू बताउँछन्।
पहिला १५ गाडी जति तरकारी अनि २० गाडीसम्म फलफूल आउँथ्यो। आजकाल यसमा कमी आएको छ । मनिष महतो, सूचना अधिकारी, वीरगञ्ज भन्सार कार्यालय जाँचको असर तरकारी तथा फलफूलको आयातमा देखिएको छ। आयातमा कमी आएपछि तरकारीको भाउ पनि आकाशिएको छ।
अहिले विषादीको अवशेष जाँचपासको प्रमाणपत्र बिना भन्सार जाँचपास नहुने हुँदा तरकारी र फलफूल मूल नाका भएरै ल्याउने गरिएको छ। त्यसले साना नाकाहरूबाट हुने आयात पूर्ण रुपमा रोकिएको छ।
भैरहवा नाकामा ताजा तरकारीको आयातमा केही कमी आएपनि अन्य वस्तुको आयात पहिले जस्तै रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भटराईले बताए। परीक्षण भएर प्रमाणपत्र प्राप्त भइरहेको छ।
पहिलेको ट्रेन्ड हेर्दा अहिले ताजा तरकारीको मात्रा घटेको देखिन्छ । नेपालगञ्ज भन्सारबाट तरकारी र फलफूल आयातको अवस्था पनि भैरहवाको जस्तै छ।
ताजा तरकारी आयातमा कमी आएको र अन्यको आयात उस्तै रहेको उक्त भन्सारले उपलब्ध गराएको तथ्याङ्कमा देखिन्छ। छिट्टै भारतको गुणस्तर मापन निकायसँग सम्झौता गरिने त्यसपछि अधिकांश जाँच भारत नै गरेर ल्याउने र नेपालतर्फ छड्के जाँच मात्र गर्न सकिने बताइएको छ।
२०७६ साउन ९ गते बिहीवार १६:१० बजे प्रकाशित