"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सिमेन्टमा पनि ‘डेट एक्सपायर्ड’ हुन्छ, उपभोक्ता सचेत हुन जरुरी

काठमाडौं । सिमेन्टको बोरामा उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मिति र प्रयोगका लागि उपयुक्त समय उल्लेख गर्नुपर्ने भएको छ।

देश सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै गएपछि गुणस्तर वृद्धिका लागि यस्तो नयाँ नियम ल्याएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ। ‘सिमेन्ट उद्योगीले अब सिमेन्ट उत्पादन गरी बजारमा पठाउँदा उपभोक्ताले स्पष्ट रुपमा बुझ्ने गरी उत्पादन मिति र म्याद सकिने समय उल्लेख गर्नुपर्छ’, विभागका महानिर्देश विश्वबाबु पुडासैनीले भने, ‘म्याद सकिने समय ३ महिनाभन्दा बढी उल्लेख गर्न पाइँदैन।’

तर, उद्योगीले म्याद सकिने मिति उत्पादन मितिको आधारमा एक वा दुई महिना मात्रै पनि राख्न पाउने उनको भनाइ छ। यसको अर्थ उद्योगबाट उत्पादन भएको सिमेन्टमा ३ महिनापछि प्रयोग गर्न उपयुक्त नहरेको स्पष्ट रुपमा खुल्नुपर्ने उनको भनाइ छ।

विभागले केही समय अगाडि मात्रै सिमेन्टको गुणस्तर वृद्धिका लागि भन्दै बोरा लेमिनेसन गर्नुपर्ने नियम ल्याएको थियो। विभागले विस्तारै नेपाली बजारमा उत्पादन भएका सिमेन्टलाई अन्तर्राष्ट्रिय गुणस्तरसँग प्रतिस्पर्धी बनाउने उनको भनाइ छ।

पछिल्लो समय कतिपय समेन्ट उद्योगले सिमेन्टको गुणस्तरमा खासै ख्याल नगरी उत्पादनमा मात्रै जोड दिएपछि विभागले गुणस्तर कायम गर्न नयाँ नियम ल्याएको पुडासैनीले बताए। अहिले नेपालमा ६१ वटा उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन्।

मिति कसरी थाहा पाउने 

सिमेन्ट उद्योगले उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मितिसमेत राख्दैनन्। बोरामा वर्षको ५२ हप्ता अनुसार ५२ वटै ब्याच नम्बर राखिएको हुन्छ। जस्तैः २०७६ बैसाख १ गतेदेखि ७ गतेसम्म उत्पादन गरिएको सिमेन्टका बोरामा २०७६र१ लेखिएको हुन्छ। बोरामा २०७६र५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७६ चैतको अन्तिम हप्ता उत्पादन गरिएको हो भनी बुझ्नुपर्छ।

यसकै आधारमा ब्याच नम्बर २०७६र१४ लेखिएको सिमेन्ट २०७६ सालको साउनको दोस्रो साता उत्पादन भएको हो र यसको प्रयोग गरिसक्नुपर्ने मिति २०७६ कात्तिक दोस्रोसम्म मात्रै हो भनी बुझ्नुपर्ने हुन्छ। तर सिमेन्टको स्टोरेजमा सावधानी नअपनाउँदा एकै दिनमा सिमेन्ट प्रयोग गर्न नमिल्ने हुन सक्छ।

सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नुपर्छ। नत्र ‘डेट एक्सपायर्ड’ हुन्छ र निर्माण कच्चा हुन जान्छ। सिमेन्ट सही तरिकाले स्टोर गरिएको छ भने ३ महिनाभित्र प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ। नेपालमा अहिले ६१ वटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर ९एनएस० चिह्न प्रमाणपत्र लिएका छन्। यसबाहेक भारतीय ८ वटा सिमेन्टले पनि प्रमाणपत्र लिएका छन्।

नियमन निकायको उदाशिनता

नेपाली सिमेन्ट उद्योगको दैनिक क्षमता ३० हजार टन उत्पादन छ। यी उद्योगले हाल दैनिक ७ लाख बोरा उत्पादन गर्ने गर्छन्। सिमेन्टमा पनि ‘डेट एक्सपायर्ड’ हुन्छ, उपभोक्ता सचेत हुन जरुरी छ भन्ने जनचेतनाको अभिवृद्धि गर्न नियमन निकायले प्रभावकारी भुमिका निर्वाह गर्न सकेको देखिदैन । सिमेन्टको बोराको लेवलिङका बारेमा कुनै पनि नियमन निकायले अनुगमन गरेको जानकारी नरहेको सिमेन्ट व्यवसायीहरु आफै बताउछन् ।

२०७६ साउन ७ गते मंगलवार १३:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु