"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ढुवानी व्यवसायीमा भ्याट तत्काल कार्यान्वयनमा नआउने

काठमाडौं । सरकारले ढुवानी व्यवसायमा साउनदेखि कार्यान्वयन गर्न लागेको मुल्य अभिवृद्धि कर (भ्याट) तत्काल कार्यान्वयनमा नआउने भएको छ ।

अर्थ विधेयक २०७६ ले ढुवानी सेवामा भ्याट लागु गर्ने व्यवस्था गरेपनि ढुवानी व्यवसायीहरु भ्याटमा दर्ता नहुँदा तत्काल कार्यान्वयनमा नआउने भएको हुन् ।

ढुवानी व्यवसायीहरुले भ्याटमा दर्ता हुनुपर्ने उक्त व्यवस्थाको विरोध गर्दै आएपछि सरकारले तत्काल ढुवानी व्यवसायमा भ्याट लागु नगर्ने भएको हो ।

त्यसका लागि ढुवानी व्यवसायी सहितको संलग्नतामा एक कार्यदल गठन गरिएको र उक्त कार्यदलले अध्ययन गरी तयार पारेको प्रतिवेदनका आधारमा ढुवानी व्यवसायमा भ्याट लगाइने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागका उपमहानिर्देशकको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रिले जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यसअघि अर्थ मन्त्रालये गत १५ गते ल्याएको अर्थ विधेयकमार्फत ढुवानी व्यवसायमा भ्याट लागु हुनुपर्ने र त्यसका लागि व्यवसायीहरु भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान ल्याएको थियो । व्यवसायीहरुले भ्याट कार्यान्वयनका लागि पर्याप्त तयारी नभएको भन्दै तत्काल भ्याट कार्यान्वयन नगर्न माग गर्दै आएका थिए ।

२०७६ साउन ६ गते सोमवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु