अनुगमन : बल्खु र कालीमाटी बजारका व्यापारीलाई जरिवाना
काठमाडौँ । बल्खु र कालीमाटी तरकारी बजारमा शुक्रबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा दुवै बजारका १९ व्यापारीलाई जरिवाना गरिएको छ ।
शुक्रबार बिहान अनुगमनमा गएको विभागको टोलीले बल्खु तरकारी र फलफूल बजारका११ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको हो।
एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०–५० रुपैंया नाफा राखेर बेचेको पाइए पछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाकर रेग्मीले बताए।
यसैगरी कालीमाटीस्थित तरकारी बजारमा पनि अनुगमन भइरहेको छ। विभागका शाखा अधिकृत दिपक पोखरेलको संयोजकत्वमा रहेको टोलीले अहिलेसम्म८ वटा पसललाई कारवाही गरेको छ।
अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारवाही गरेको यो पहिलो पटक हो।
२०७६ साउन ५ गते आइतवार १७:०२ बजे प्रकाशित