"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पाइपलाइनमा पेट्रोलियम पदार्थ

काठमाडौं । अब भारतबाट पेट्रोलियम पदार्थ पाइपलाइन हुँदै नेपाल आएको छ। पाइप लाइनको परीक्षणका लागि बुधबार बिहारको राजधानी पटनाबाट डिजेल पठाइएको छ।

उक्त डिजेल बिहीबार साँझसम्म अमलेखगन्जमा आइपुग्ने पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले जानकारी दिए। उनका अनुसार उद्घाटन भइसकेपछि व्यवसायिक रूपमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याइने छ। साउन अन्तिममा पाइपलाइनको उद्घाटन गर्ने तयारी भइरहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ती ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका छन्।

पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ।

२०७६ साउन २ गते बिहीवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु