शेयर बजारमा नेप्से परिसूचक स्थिर, कारोबार घट्यो
काठमाडौं । आइतबार शेयर बजारमा परिसूचक नेप्से स्थिर रहेको छ । आर्थिक वर्षको अन्त्य भएकाले बजारमा खरिदकर्ता र विक्रीकर्ता दुवै न्यून हुँदा कारोबार रकम भने घटेको छ ।
शेयर बजारमा परिसूचक नेप्से स्थिर रहेको छ । दिनभर २८ करोड ५२ लाख रुपैयाँको कारोबार भएपनि उतारचढाव भने देखिएन् । जसका कारण नेप्से एक अंक भन्दा कमले बढेको छ । जसलाई स्थिर मान्छि । नगरिक लगानी कोष, मोगा बैंकको संस्थापक शेयर तथा नेपाल बैंकको साधारण शेयरको कारोबार २ करोड भन्द बढी भएको छ । बैंकिङ समुह घटेको छ ।
पछिल्ले समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई मर्जरमा लैजाने भएपछि शेयर बजारमा सस्तो मूल्य भएका बैंकको शेयरको माग बढेको छ । तर आर्थिक वर्षको अन्तीममा भुक्तानीको समय भएकाले बजारमा खरिदकर्ताको चहलपहल न्यून देखिएको लगानीकर्ताहरु बताउँछन् ।
केही बैंकको शेयर बढेपनि लगानीकर्ताले कर र ब्याज भुक्तानी गर्ने समय भएकाले खरिद र विक्रीचाप न्यून भएको देखिन्छ । जसले गर्दा नेप्से प्रभावित भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय क्षेत्रलाई कसरी व्यवस्थापन गर्छ भनेर पर्खिरहेका छन् । त्यसको असर पनि शेयर बजारमा परेको विश्लेषण गर्न सकिने लगानीकर्ताहरु बताउँछन् ।
२०७६ असार २९ गते आइतवार १८:२० बजे प्रकाशित